१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तीन जना उपप्रधानमन्त्रीसहित यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्, कुन मन्त्रालयमा को मन्त्री ?



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्नुभएको छ । जनता समाजवादी पार्टीका आठ मन्त्री र दुई जना राज्यमन्त्रीले शपथ लिएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री रहेका छन् । नयाँ र पुराना गरी आज १७ जनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

नयाँ मन्त्रिपरिषद् यस्तो छ–

केपी शर्मा ओलीः प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार, वन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेलः उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतोः उपप्रधानमन्त्री, सहरी विकास
रघुवीर महासेठः उपप्रधानमन्त्री, परराष्ट्र
कृष्णगोपाल श्रेष्ठः शिक्षा
बस कुमार नेम्वाङः भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठः कानुन न्याय तथा संसदीय मामिला
शेरबहादुर तामाङः स्वास्थ्य
शरतसिंह भण्डारीः ऊर्जा
विमल श्रीवास्तवः श्रम तथा रोजगार
उमाशंकर अरगरियाः संस्कृति– पर्यटन
चन्दा चौधरीः महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
अनिल झाः खानेपानी तथा सरसफाइ
लक्ष्मणलाल कर्णः भूमि व्यवस्था
एकवाल मियाँः युवा तथा खेलकुद
रेणुका गुरुङः राज्यमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरीः राज्यमन्त्री, ऊर्जा

प्रकाशित मिति : २१ जेष्ठ २०७८ शुक्रबार ००:००  ९ : ०५ बजे