१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उप–प्राध्यापक श्रेष्ठको निधनमा सिद्धार्थमा श्रद्धाञ्जली सभा, थामिएन आँखामा आँशुु !



मायादेवी अनलाइन, चारनम्बर ।
क्याम्पसका उप–प्राध्यापक तथा नेपाली विषय विभागिय प्रमुख दिलु श्रेष्ठको निधनमा सिद्धार्थ क्याम्पस बुङ्चीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । क्याम्पस संचालक समितिका अध्यक्ष झविलाल पोख्रेल, राष्ट्रिय सभा सदस्य तथा क्याम्पस संचालक समिति सदस्य विमला घिमिरे, उपाध्यक्ष रवि बहादुर काफ्ले, क्याम्पस प्रमुख खेमराज शर्मा, सहायक क्याम्पस प्रमुख बेदुराम अर्याल, कमल पौडेल, गोविन्द खनाल, स्ववियु सभापति शुसील खत्री, र क्याम्पसका प्राध्यापक र कर्मचारी लगायतको सहभागितामा क्याम्पस प्राङगणमा आइतबार श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सबैले स्वर्र्गीय श्रेष्ठको तस्वीरमा टिका र पुष्प गुच्चा अर्पण चीर शान्तिको कामना गरेका थिए ।

कोरोना महामारीका बीच दुरी कायम गरि गरिएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै क्याम्पस अध्यक्ष पोख्रेलले गहिरो दुख ब्यक्त गर्नुभयो । स्वर्गीय दिलु सर क्याम्पसले अब विरलै पाउने भन्दै ठुलो धरोहर गुमाएको महसुस गरेको भन्दै उहाँ भावुक बन्नु भयो ।

क्याम्पस प्रमुख खेमराज शर्माले क्याम्पसका हरेक गतिविधिमा स्वर्गीय दिलु सरको अभाव खड्कने र उहाँको अभाव जो कोहीँबाट पुरा हुन नसक्ने समेत बताउनु भयो । निकै भावुक बन्नु भएका क्याम्पस प्रमुख शर्माले उहाँको चिर शान्तिको कामना गर्नुभयो । स्वर्गीय श्रेष्ठको तस्विरमा माल्र्यापण र टिकाको क्रम चलिरहँदा कसैका आँखामा पनि आँशु थामिएन । सबै भावकु र निरास देखिन्थे । राष्ट्रिय सभा सदस्य र क्याम्पस उपाध्यक्ष रवि बहादुर काफ्लेले पनि क्याम्पसको एउटा दरिलो खम्बा ढलेको भन्दै भावुक हुनुभयो ।

यता क्याम्पसका प्राध्यापक र कर्मचारीहरुले पनि क्याम्पसका हरेक गतिविधिमा उहाँको ठुलो अभाव खड्कने बताए । श्रेष्ठको कोरोनाका कारण जेष्ठ २१ गते उपचारको क्रममा क्रिमशन अस्पताल रुपन्देहीमा निधन भएको थियो । उहाँ क्याम्पसमा विगत १३ बर्ष देखि प्रध्यापनमा हुनुहुन्थ्यो । बाणगंगा १ बठानपुरामा स्थायी घर भएका श्रेष्ठले नेपाली विषयमा एमफिल समेत गरिसक्नु भएको थियो । उहाँका बुबाआमा, श्रीमती, दुई छोराछोरी, दुई भाइ र एक बहिनी छन् ।

यो पनि पढ्नुहोस् ‘कहिल्यै नओइलाउने फूलजस्ता थियौ तर दैवले चुँडी लग्यो !’

प्रकाशित मिति : २३ जेष्ठ २०७८ आइतबार ००:००  ७ : ३९ बजे