१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको मृत्यु



काठमाण्डौ ।

पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको ज्यान गएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल आपसमा ठोक्किएको हो । दुर्घटनामा कम्तीमा पनि ४० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । रेलका डब्बामा फसेकाहरुको उद्धारका लागि उद्धार टोली खटिएको छ ।

रावलपिण्डीबाट कराचीका लागि छुटेको सर सैयद एक्सप्रेस र कराचीबाट सरगोधका लागि छुटेको मिल्लत एक्सप्रेस ठोक्किएका हुन् । दुर्घटनामा मिल्लत एक्सप्रेसको आठ र सर सैयद एक्सप्रेसको इन्जिनसमेत गरी तीन वटा डब्बा रेलको लिकबाट उछिट्टिएको छ । दुर्घटना भएको रेलको लिकमा अहिले आवतजावतमा रोक लागाइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  १२ : १९ बजे