१४ चैत्र २०७९, मंगलबार | Tue Mar 28 2023

राष्ट्रियसभा सदस्य पाण्डेले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं ।

राष्ट्रियसभा सदस्यमा विजयी दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

लुम्बिनी प्रदेश अन्र्तगत रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेलाई नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका हुन्।

विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट विजयी भएका थिए। पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए।

पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनबाट राष्ट्रियसभामा उम्मेदवार बनेका हुन् भने खड्काले माओवादी छाडेर एमाले प्रवेश गरेका कारण कारबाहीपछि राष्ट्रियसभा सदस्य पद रिक्त भएको थियो।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  १२ : २६ बजे