प्रदेश २ को सत्तामा कांग्रेस, तीन जना बने मन्त्री


जनकपुर ।
नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले पद तगा गोपनीयताको शपथ लिएका छन् । बुधबार राति प्रदेश प्रमुख डा. राजेश अहिराज झाले नव नियुक्त तीन जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

जसअन्तगर्त भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, खानेपानी तथा सिँचाईमा ओम प्रकाश शर्माले र वीरेन्द्र सिंह सञ्चार मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख अहिराजले ईश्वरका नाममा शपथ खुवाएपनि उनीहरूले जनताका नाममा शपथ लिएका थिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस