१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मन्त्रिपरिषद्ले पायो पूर्णता, चार बजे शपथ



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । ओलीले एमाले, पूर्वमाओवादी समूह र जसपाका समेत नेता समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
मन्त्रीहरूको आजै चार बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग मन्त्रीमा जसपाका राजकिशोर यादव नियुक्त हुनुभएको छ । यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघि माओवादी केन्द्रमा रहेकी ज्वाला साह प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो तर साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउनुभएको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ३ : १९ बजे