बढ्यो सुन चाँदीको भाउ


काठमाडौं ।


सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ तोकिएको छ ।

बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस