११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

गण्डकीमा विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्रीका लागि दाबी पेश



काठमाडौँ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न उनीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

जसमा कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहितको हस्ताक्षर रहेको छ ।

आजै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुन्छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार प्रदेश सभामा विश्वास गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

यस्तो छ हस्ताक्षर

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ०३ बजे