२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने एमाले वाग्मती प्रदेश संसदीय दलको माग



काठमाण्डौ ।


एमाले वाग्मती प्रदेश सभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।

दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सभा सदस्य वैद्यले राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । वैद्यको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ ।

नेपाली कांग्रेसले प्रदेश सभा सदस्य वैद्यले प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । वैद्यले शुक्रवार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले देश डुबाउन लागेको र यत्तिकै छाड्ने हो भने नेपाल खाइदिने भन्दै देशमा कोही नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्नुभएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  १२ : ४२ बजे