१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बागमतीको बजेटमा खोप लगाउन दुई अर्ब छुट्याइयो



हेटौडा ।
कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएको छ ।

बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले कोरोना संक्रमणका कारण आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने भएको छ ।

प्रदेशभित्र स्थायी रुपमा बसोबास गर्दै आएका मृतक परिवारको बालबालिकालाई सामाजिक सुरक्षा भत्ता मासिक ३ हजार दिइने मन्त्री ढुंगेलले जानकारी दिए । कोरोनाबाहेक अन्य कारणले आमाबाबु गुमाएका बालबालिकाको हकमा मासिक २ हजार सामाजिक सुरक्षा भत्ता प्रदान गरिने उनले बताए ।

यसैगरी बागमती प्रदेशका हरेक उमेर समूहका नागरिकलाई खोप लगाउन सरकारले दुई अर्ब बजेट बिनियोजन गरेको छ । प्रदेश प्रमुख खोप कोष स्थापना गर्दै सरकारले खोप खरिद गर्न मात्र दुइ अर्ब रुपैयाँ बजेट छुट्याएको मन्त्री ढुंगेलले जानकारी दिएका छन् ।

‘खोपमा प्रदेशवासीको पहुँच पुर्या‍उन प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रममार्फत संघीय सरकारसँगको सहकार्यमा खोप लगाउन दुई अर्ब बजेट व्यवस्था गरेको छु,’ मन्त्री ढुंगेलले भने ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ५ : ५२ बजे