२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

२०२१ भित्रै सबै नागरिकलाई खोप लगाइने प्रधानमन्त्रीको दाबी



काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताएका छन्।

बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्।
बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको प्रधानमन्त्रीले उल्लेख गरे।

यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिलेकाहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उनले बताए। यसका साथै त्यस्ता सँस्थाहरुले कहिले काहीँ आफ्नो उचाई विपरित संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्रीले बताए।

‘परिणाम स्वरुप नेपाली बालकाबालिका अभिभावक विहिन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे। हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए’, उनले भने। यसका साथै विभिन्न ढंगले ब्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए।

‘कहिँ रित पुर्‍याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ’ , प्रधानमन्त्रीको भनाइ थियो। सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने साथमा उनीहरुलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत प्रधानमन्त्रीले बताए।

यसकार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पूर्वाधारमा पूर्ण सहयोग हुने भनाइ पनि उनको थियो ।
नेपाल बाल संगठनले यसतर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै प्रधानमन्त्रीले संगठन अब कमजोरीहरु हटाइ संगठन अघि बढने समेत बताए। अलगै प्रशंगमा प्रधानमन्त्रीले सरकारले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताए।

सन २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिँदै उनले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्न सकिने धारणा पनि प्रधानमन्त्रीको थियो।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  २ : ३२ बजे