३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

न्याय परिषद्‌ सदस्यमा रामप्रसाद भण्डारी नियुक्त



काठमाडौं ।
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उनलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्।

संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा खनियापानी-९, रामेछाप निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई राष्ट्रपतिले न्याय परिषद् सदस्य पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  ४ : ४४ बजे