३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

भेरी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज ।

भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरीमा उपचार गराउन आएका बर्दिया र रोल्पाका संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। बर्दिया बारबर्दिया नगरपालिका वडा नं। ७ का ५२ वर्षीया महिलाको बिहान ५ बजे मृत्यु भएको छ। जेठ २७ गते पीसीआर गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो।

रोल्पा नगरपालिका वडा नं. ४ का ६० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको छ। जेठ १५ गते रोल्पामा पीसीआर गरिएका उनलाई २२ गते भेरीमा भर्ना गरिएको थियो। योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ३ सय ५६ जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन। यद्यपि, यो क्रम घट्दै गइरहेको छ। कोरोनाको संक्रमण दर घटेको छ। परीक्षण गर्न आउने घटेका छन्। अस्पतालका बेडहरु ८८ प्रतिशत खाली भइसकेका छन्। बाँकेमा पछिल्लो पटक १ सय २९ जनाको जाँच गर्दा १० जनामा संक्रमण देखिएको छ।

प्रकाशित मिति : १२ असार २०७८ शनिबार ००:००  १० : ५७ बजे