२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

प्रतिनिधिसभा विघटन प्रकरणः आज पनि सरकारी पक्षकै बहस



काठमाडौँ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज पनि सरकारी पक्षले बहस गर्दैछ । आज सरकारी पक्षका तर्फबाट तोकिएका ११ जनामध्ये छ जनाले बहस गर्नेछन् । मंगलबारसम्म पाँच जनाले बहस सकेका छन् ।

संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समयमध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी रहेकाले उनीहरूको बसह बिहीबार मात्रै सकिनेछ । त्यसपछि सभामुख अग्नी सापकोटाका पक्षधर कानून व्यवसायीको बहस शुरू हुनेछ । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो ।
गत जेठ ७ गते मध्यराति मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोकेपछि सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ११ : ४० बजे