७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बालुवाटारमा सुरु भयो एमाले बैठक, नेपाल पक्ष अनुपस्थित



काठमाडौं ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरेको छ।

यसअघि मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो । सोही निर्णयलाई महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने भएको हो।

बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई बोलाइएको छैन । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  १ : ०१ बजे