५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख नाघ्यो



काठमाण्डौ ।
नेपालका कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ६ लाख नाघेको छ । गएको २४ घण्टामा चार हजार १७ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ६ लाख एक सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमण निको हुनेहरू बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेर ३१ हजार तीन सय ६८ मा झरेको छ । अहिले निको हुने दर ९३ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ३० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ५७ र तीन हजार आठ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय तीन जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै थप ३३ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको विवरण प्राप्त भएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय ४५ पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  ५ : १६ बजे