३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

भाइरल हुने रहरमा गोहोरोको छाला काढेर अपलोड गरेपछि‍‍‍




काठमाडौं । ​
धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काढेर टिकटक बनाउने एक महिला पक्राउ परेकी छन्। उनलाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले आइतबार बैरेनीबाट पक्राउ गरेको हो।

उनले गोहोरो मारी छाला काढेर मासु पाइन्छ भन्दै भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन्। पक्राउ परेकी महिला लमजुङ घर भई धादिङको बैरेनी डेरा गरी बस्‍ने रहेको पनि जिल्ला वन कार्यालय धादिङका प्रमुख (डिएफओ) शोभा सुवेदीले जानकारी दिइन्।

सुवेदीका अनुसार उनको साथबाट गोहोरोको छाला पनि बरामद गरिएको छ। ती महिला अहिले जिल्ला वन कार्यालयको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २१ असार २०७८ सोमबार ००:००  १२ : ३७ बजे