५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

रहेनन् माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादव




काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। यादवको गएराति धनुषाको जनकपुरस्थित आफ्नै घरमा निधन भएको हो। ५७ वर्षीय यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।

यादव तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रियतापूर्वक सहभागी भएका थिए। उनले महोत्तरी, धनुषासहित तराईका जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टीको नेतृत्व गरेका थिए।

उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। यादवको निधनमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित मिति : २२ असार २०७८ मंगलबार ००:००  ९ : ०३ बजे