२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

एमाले स्थायी कमिटी बैठक स्थगित



काठमाडौं ।

नेकपा एमाले को स्थायी कमिटी बैठक स्थगित भएको छ। दिउँसो १ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने तय भएपछि पार्टीको बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार पार्टीको आन्तरिक विवाद समाधान तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको हो।
सर्वोच्च अदालतले हिजो सोमबार संसद्‌ पुनस्स्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेको थियो। ​

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  १२ : ४४ बजे