७ असार २०८३, आइतबार | Mon Jun 22 2026

यी नदीमा आज बाढी आउन सक्ने



काठमाण्डौ ।

आज देशका विभिन्न नदीमा बाढी आउन सक्ने चेतावनी दिइएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली, पश्चिम राप्ती, तिनाउ नदीका सहायक नदी तथा नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव बढ्ने अनुमान छ ।

केहीमा आकस्मिक बहाव भइ सतर्कता आसपास पुग्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ । आजदेखि देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्। विशेष गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने अनुमान छ ।

प्रकाशित मिति : १ श्रावण २०७८ शुक्रबार ००:००  १ : ४८ बजे