३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

देउवालाई विश्वासको मत नदिने ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णय



काठमाडौँ ।

माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा ओलीले देउवा सरकारलाई विश्वासको मत दिन नहुने र सशक्त प्रतिपक्षको भूमिका खेल्नु पर्ने प्रस्ताव गरेका थिए।

बैठकले ओलीको प्रस्ताव स्वीकार गर्दै देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो। बैठक पछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले देउवा सरकारलाई विश्वासको मत दिने विषयमा सोच्न नसकिने बताए। उनले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय आफूहरुले गरेको सुनाए। उनले भने,‘हामी सशक्त प्रतिपक्षको भूमिका बस्छौँ।

विश्वासको मत नदिने निर्णय गरेका छौँ।’ नेपाल पक्षका बारेमा उनले प्रतिक्रिया दिन चाहेनन्। बैठकमा सहभागि अर्का एक नेताका अनुसार नेपाल पक्षले देउवा सरकारलाई विश्वासको मत दिए त्यो व्यक्तिगत हुने बताए। उनले भने,‘आज सिंगो पार्टीले गरेको निर्णय हो। एमालेले विश्वासको मत दिन्न। कसैले दिन्छ भने त्यो व्यक्तिगत हुन्छ। पार्टीको सवाल भएन।’

प्रकाशित मिति : १ श्रावण २०७८ शुक्रबार ००:००  २ : ०१ बजे