१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँचीमा खोप लगाउनेको भीडका भीड, उल्टै कोरोना फैलिने डर



बिष्णु कुमार आले, अर्घाखाँची
अर्घाखाँचीका सबै खोप केन्द्रमा मंगलबारदेखि ५५ बर्ष उमेर माथिका समूहलाई कोरोनाको खोप लगाउन सुरू गरिएको छ । साउन ५ र ६ गते कोरोना बिरुद्धको पहिलो डोज भेरोसेल खोप लगाउन सुरू गरिएको हो । तर खोप केन्द्रहरूमा भएको भीडले कोरोना नियन्त्रण भन्दा पनि फैलिने डर देखिएको छ ।

जिल्लाका सबै खोप केन्द्रमा प्रभावकारी सूचना प्रवाह हुन नसक्दा खोप केन्द्रमा खोप लगाउनेको बाक्लो भीड बढेको हो । खोप लगाउन मानिसको भीड बढे छ । सामाजिक दुरी कायम गरिएको छैन् । खोप केन्द्र अगाडि स्वास्थ्य मापदण्ड पालना नगरी खोप लगाउनेको बाक्लो भीड बढेपछि कोरोना नियन्त्रण भन्दा पनि फैलिने डर देखिएको हो । बाक्लो भिडलाई नियन्त्रण गर्न सकिएको छैन् ।

चीनबाट आएको भेरोसेल खोप ५५ बर्ष माथिका व्यक्ति, समूह, शिक्षक, कर्मचारी, सार्वजनिक सवारी चालक, सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा खटिएका खोप लगाउन बाँकी रहेका व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले लगाउन सक्ने छन् ।

उमेर खुल्ने प्रमाणपत्र र अन्य समूहका ब्यक्तिहरुले आ–आफ्नो परिचयपत्र सहित सम्बन्धित वार्डको खोप केन्द्रमा आएर पहिलो डोज खोप लगाउन सक्ने छन् ।

साथै अमेरिकाबाट आएको जोन्सन खोप सिफारिस गरिएका लक्षित समूह र ५५ वर्ष मुनि उमेर समूहका ब्यक्तिहरुलाई खोप लगाउन केहिदिन पछि सुरू गरिने स्वास्थ्य कार्यालय अर्घाखाँचीका स्वास्थ्य निरक्षक गणेशराज पौडेलले जानकारी दिए ।

चीनबाट आएको भेरोसेल खोप दुई पटक लगाउनु पर्छ । तर अमेरीकाबाट आएको जोन्सन खोप एउटा डोज मात्र लगाए पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  ६ : ३१ बजे