सन् २०३२ को ओलम्पिक गेम्स अस्ट्रेलियाको ब्रिसबेनमा हुने


एजेन्सी ।
सन् २०३२ को ओलम्पिक गेम्स अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ।अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल ९आइओसी० का अनुसार अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने पक्का भएको हो।

यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ‌ओलम्पिक आयोजना भएको थियो। टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो।यो ओलम्पिकका लागि ५ बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।

त्यसअघि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक आयोजना हुनेछ। कोरोना भाइरसले प्रभावित सन् २०२० को टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी पर्सी बिहीबारदेखि सुरु हुँदैछ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस