१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

डुडुवा खोलाको बाँधमा डुबेर ३ जनाको मृत्यु



बाँके ।
बाँकेमा डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८ वर्षीय रासिद जसगर रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनीहरूको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएको खबरपछि पुगेको प्रहरीको उद्धार टोलीले तिनै जनालाई मृत अवस्थामा बाहिर निकालेको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७८ बिहिबार ००:००  ६ : ३० बजे