७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सबै नागरिकले कोरोना खोप पाउँछन्ः प्रधानमन्त्री देउवा



काठमाण्डौ ।

प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको हो । कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नागरिकलाई कोरोना खोप पुर्‍याउन गरेको वाचा पूरा गरी छाड्ने छु । हामी ऋण लिएर जति महँगो भए पनि नेपाली नागरिकलाई कोरोना खोप पुर्‍याउन छौँ । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो वाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यसबीचमा सत्ता साझेदार दलहरूसँग मिलेर नागरिकले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सार्नुभयो । पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेतासँग छलफल गरेर नागरिकले अनुभूति गर्ने खालका काम गरेर देखाउनु उहाँको भनाइ थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  ५ : ०५ बजे