७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

ओली र नेपाल पक्षका सांसदबीच बैठकमै भनाभन



काठमाडौं ।
नेकपा एमाले भित्रको अन्तरकलह प्रतिनिधि सभाको संसदीय समितिमा पनि छताछुल्ल भएको छ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र बरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएपछि बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको हो।

समितिबाट यसअघि जारी भएका निर्देशनहरु कार्यान्वयनको विषयमा छलफल गर्न डाकिएको बैठकको सुरुमा बोल्दै नेता नेपालले प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा खुसी व्यक्त गरे।

बैठकमा रानाले प्रतिनिधिसभा सर्वोच्चको आदेशबाट पुनर्स्थापना भएको भन्दै प्रतिनिधिसभा विघटनको जिम्मा माधव नेपालहरुले लिनुपर्ने बताए। बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिंदा घरमा सुतेर बस्नेहरुले प्रतिनिधिसभा पुनर्स्थापना भयो भन्दै कराउनुको औचित्य नभएको बताए।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ४ : ३४ बजे