१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त



काठमाण्डौ ।
नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुनुहुन्छ । उहाँको अरू क्षेत्रमा पनि लगानी रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ४ : ३८ बजे