१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भन्टा खानुका ६ फाइदा र ६ हानी



एजेन्सी ।
भन्टा विभिन्न प्रकार र किसिममा पाइन्छ । संसारभरी भन्टाका थुप्रै प्रकार हुन्छन् – चाइनिज, जापनिज, ग्राफिटी, बियांका, ट्याङ्गो, सेन्टाना, थाई आदि । यस्तै भन्टामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, फिनोलेक्स, भिटामिन ए, भिटामिन सी, बिटा क्यारोटिन, पोलिफिनालिक तत्व, भिटामिन ई, आइरन, जिंक, फाइबर, एन्थोसाइएनिन, भिटामिन बी–१२, भिटामिन बीसिक्स, भिटामिन बीटु, फ्याटी एसिड पाइन्छ । यी पोषक तत्व छाला वा कपालका लागि मात्रै फाइदाजनक नभई शरीरका विभिन्न समस्यालाई टाढा राख्दछ । आज हामी भन्टा खानुका फाइदा बारे जानकारी दिँदैछौं, साथै यसका हानीबारे पनि अवगत गराउनेछौं ।

सुरुमा यसका फाइदाबारे जानकारी लिऔं ।

१. शरीरमा ऊर्जाको सञ्चारः

भन्टामा पाइने औषधीय गुणले तत्काल ऊर्जा प्रदान गर्न मद्दत गर्छ । यसमा चिल्लो कम हुने भएकोले यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको सेवनले शरीरमा थकान, सुस्तता आदि समस्या टाढा रहन्छ ।

२. प्रतिरोधी क्षमताका लागि भन्टाः

हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता बढाउनका लागि केही अत्यावश्यक भिटामिनको आवश्यकता पर्छ । यी भिटामिन भन्टाको सेवनले हाम्रो शरीरले प्राप्त गर्छ । भन्टाभित्र भरपुर मात्रामा भिटामिन, ए, सी, डी, बीटु, बीसिक्स, बी टुवेल्भका साथै सेलेनियम, आइरन, जिंक आदि तत्व पाइन्छ जसले हाम्रो प्रतिरोधी क्षमतालाई राम्रो बनाउनुका साथै संक्रमणबाट शरीरलाई टाढा राख्न मद्दत गर्छ ।

३. तौल कम हुन्छः

केही मानिसहरु मोटोपनाको समस्या हटाउनका लागि थाहा छैन कति महँगा उत्पादन खरिद गर्छन् वा आफ्नो खान्कीमा परिवर्तन गर्दा पनि फाइदा नपाउँदा उदास पनि हुने गर्छन् । यदि तपाईं पनि यी मानिसमध्ये एक हुनुहुन्छ भने भन्टा सेवन गरेर सजिलै तौल घटाउन सकिन्छ । भन्टाभित्र पानीको मात्रा हुन्छ, साथै यसभित्र फाइबर पनि पाइन्छ । यस्तै यसभित्र अत्यधिक कम क्यालोरी हुन्छ । यस्तोमा यसको सेवनले पेट भरिएको महसुस हुन्छ र व्यक्तिले कम खाना खान्छन् ।

४. स्मरण शक्ति कम भएकाहरुका लागि भन्टाः

भन्टाको सेवनले मानसिक समस्या टाढा राख्न सकिन्छ । यसको सेवनले मुड राम्रो हुन्छ । साथै मानिसहरु भित्र खुसीको भावना जागृत हुन्छ । यदि तपाईंको स्मरण शक्ति कम छ वा दिमागको कार्य क्षमताको कमीले चिन्तित हुनुहुन्छ भने तपाईं भन्टाको सेवन गर्न सक्नुहुन्छ । भन्टामा पाइने फोलेट, भिटामिन ए, भिटामिन बी, भिटामिन सी, आइरन, जिंक आदिले तपाईंको यो समस्यालाई टाढा राख्न उपयोगी हुन्छ ।

५. कपालका लागि भन्टाको सेवनः

भन्टा भित्र भरपुर मात्रामा आवश्यक भिटामिन, पानी आदि तत्व पाइन्छन् जसले कपालको जरालाई बलियो बनाउनुका साथै जरालाई आवश्यक पोषण प्रदान गर्छ । तपाईं भन्टाको पेस्टको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसका लागि भन्टा पिसेर आफ्नो जरामा रगड्नुहोस् । स्याम्पु र साधारण पानीले कपाल धुनुहोस् । यस्तो गर्दा कपाल बलियो हुनेछ ।

६. छालाका लागिः

भन्टाभित्र भरपुर मात्रामा फाइबर, भिटामिन, खनिज आदि तत्व पाइन्छ जसले छालालाई हाइड्रेट राख्न मद्दत गर्नुका साथै रुखो छालालाई सूर्यको किरणबाट पनि जोगाउँछ । प्राकृतिक मोइस्ट स्थापित गर्नका लागि र छालामा कुनै प्रकारको एलर्जीलाई टाढा राख्नका लागि भन्टाको प्रयोग गरिन्छ । यसका लागि तपाईं मह, एलोभेराको रस र भन्टाको पेस्ट, तीनैलाई मिसाएर अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहार धुनुहोस् । अब आइस क्यूबको मद्दतले अनुहारलाई चिसो बनाउनुहोस् । त्यसपछि अनुहार धुनुहोस् । यस्तो गर्दा प्राकृतिक मोइस्ट फिर्ता हुनेछ ।

भन्टाका हानीः

भन्टाको सेवन गर्दा केही हानी पनि देखिएको छ, जुन यस प्रकार छः

१. भन्टालाई डिप फ्राइ गर्नुहुन्छ भने यसले अत्यधिक तेल सोस्ने गर्छ । यस्तोमा डिप फ्राई गरिएको भन्टा अत्यधिक चिल्लो हुन्छ र यसको सेवनले तौल बढ्ने, मुटु र मस्तिष्कमा समस्या देखिन सक्छ ।

२. डिप्रेशनको औषधी खाइरहेका व्यक्तिले आफ्नो डाइटबाट भन्टालाई निकाल्नुहोस् । भन्टाले औषधीको असरलाई कम गर्न सक्छ ।

३. जसलाई पत्थरी छ, उनीहरुले पनि भन्टाबाट टाढा नै बस्नुपर्छ नभए पत्थरीको पीडा वृद्धि हुनसक्छ ।

४. भन्टाको सेवन गर्दा यदि कुनै प्रकारको एलर्जी देखिएको छ भने यसको सेवन तुरुन्त बन्द गर्नुहोस् ।

५. यदि अत्यधिक भन्टाको सेवन गर्नुहुन्छ भने यसले पेटमा समस्या निम्त्याउन सक्छ जस्तै पेट दुख्ने, पोल्ने आदि हुनसक्छ ।

६. रक्तचाप कम भएका मानिसहरुले पनि भन्टाको सेवन गर्नु छ भने डाक्टरको सल्लाह लिनुहोस् ।

नोटः माथि बताइएको बुँदाबाट थाहा हुन्छ कि भन्टाले शरीरलाई विभिन्न फाइदा पुर्याउँछ तर यसको अत्यधिक र डिप्र फ्राइ गरेर सेवन गर्दा यसले हानी पुर्याउन सक्छ । यस्तोमा सबैभन्दा पहिला यसको सिमित मात्राबारे जानकारी लिनुहोस्, त्यसपछि यसलाई आफ्नो खानामा समावेश गर्नुहोस् । गर्भवती महिला वा स्तनपान गराइरहेका महिलाले भन्टालाई आफ्नो खानामा समावेश गर्नुभन्दा अघि विज्ञको सल्लाह लिनुहोस् । यदि कोही व्यक्ति कुनै गम्भीर रोगले ग्रस्त छन् वा कुनै विशेष डाइट अनुसरण गरिरहेका छन् भने आफ्नो डाइटमा भन्टालाई जोड्नुअघि विज्ञमार्फत् परामर्श लिनुहोस् ।

यो लेख भारतका न्यूट्रिशनिस्ट तथा वेलनेस एक्सपर्ट वरुण कत्यालसँगको कुराकानीमा आधारित छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८ सोमबार ००:००  ७ : १६ बजे