एकै दिन ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा तीन हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई सय ४० जनाको पीसीआर र पाँच हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार दुई सय ७२ जनाको परीक्षण गर्दा तीन हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको झन्डै २० प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३८ हजार नौ सय १८ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा एक हजार ६ सय ८६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४५ हजार तीन सय एक पुगेको छ । यही अवधिमा थप २५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय ३८ पुगेको छ । अहिले नेपालमा २७ हजार नौ सय आठ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६९ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस