३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री देउवा



काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ विस्तार तयारी गरेका छन्। प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्‌लाई हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन्‌।

देउवाले ​२९ गते आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए।

मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

प्रचण्डले माओवादी कोटाबाट मन्त्री बन्नेको लिष्ट देउवालाई बुझाएको स्रोतको दाबी छ।

सरकारमा सहभागिता लगायत विषयमा निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी बैठक पनि आजै बस्दैछ।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  १२ : २८ बजे