२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अमेरिकाले दमनकारी नीति लियो : चीन



काठमाडै ।

अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ।

उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङ्गमाथि दमनकारी भएको आरोप लगाउँदै प्रतिबन्ध तथा उच्च पारिएको सीमा शुल्क हटाउन चीनले वासिङ्गटनलाई सुझाव दिएको छ।

चिनियाँ विदेश मन्त्री वाङ्ग यीले राम्रो निर्णय गर्ने–नगर्ने अमेरिकाको हातमा रहेको बताएका छन्। अमेरिकाका उप विदेश मन्त्री वेण्डी शर्मनसँगको वार्ताको क्रममा वाङ्ग यीले यस्तो बताएका हुन्। अमेरिकी उप विदेश मन्त्री शर्मनले अमेरिकाको चाहना चीनसँग तनाव नरहेको बताएकी छन्।

पछिल्लो केही महिनायता चीनको भ्रमण गर्ने शर्मन पहिलो उच्च अमेरिकी अधिकारी हुन्। दुई देशबिचको सम्बन्ध अमेरिका र चीन दुवैका लागि निकै महत्वपूर्ण रहेको छ। यस्तै उनीहरुको सम्बन्धको प्रभाव बिस्तारित विश्वलाई पनि पर्ने हुँदा यो भ्रमणलाई चासोका रुपमा हेरिएको छ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा खराब बनेको सम्बन्ध सुधारका लागि प्रयास गर्न चीनले यो वर्षको सुरुमा सत्तामा आएका राष्ट्रपति जो बाइडेनको प्रशासनसँग आग्रह गर्दै आएको छ। तर राष्ट्रपति बाइडेनले भने चीनमाथि कडा नीतिलाई नै निरन्तरता दिइरहेका छन्।

विशेष गरि मानवअधिकार र प्रतिबन्धका सम्बन्धमा बाइडेन कडा देखिएका छन्। सोमबार चिनियाँ उप विदेश मन्त्री सी फेङ्गले अमेरिकाले चीनलाई ‘राक्षसीकरण’ गरेको र यसको कारण चीनलाई ‘शत्रुका रुपमा परिकल्पना गरिनु’ रहेको उनले बताएका छन्।

सोमबार भएको वार्तापछि अमेरिकी उप विदेश मन्त्री शर्मनले आउँदा महिनाहरुमा सम्बन्ध सुधार हुनेछ भन्न कठिन रहेको बताएकी छन्।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  १२ : ३९ बजे