२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

आस्थालाई कोरोनाले छेक्न सकेन्, लक्ष्मणघाटमा दर्शनार्थीको घुँइचो (फोटोफिचर)



साउन महिनाको दोस्रो सोमबार पनि कपिलवस्तुका शिवालय मन्दिरमा भक्तजनको भीड लाग्यो । भगवान शिवको प्रिय महिना साउनको दोस्रो सोमबार कोरोना महामारीको बीच पनि जिल्लाका विभिन्न शिवालय मन्दिरमा भक्तजनहरूको भीड देखिन्थ्यो ।

कोभिड-१९ का कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो । कोरोना कहरका बाबजुत पनि बिहानैदेखि जिल्लाको लक्ष्मणघाट, तौलिहवामा रहेको तौलेश्वरनाथ मन्दिर, पिपरा लगायतका मन्दिर परिसरमा भक्तजनहरू शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पुगेका थिए ।

कोरोनाका कारण मन्दिरमा भव्य पूराआजा नगरिए पनि वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् । मन्दिर परिसरमा पुगेका सर्वसाधारणहरुले भने कोभिड महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । त्यहाँ उपस्थित भक्तजनहरूले भौतिक दूरी पालन गरेका थिएनन् । कतिपयले त मास्क समेत नलगाएको देख्न सकिन्छ ।

सूर्य मिथुन राशी भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन सुरु भएको यो महिनामा भक्तजनहरू महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  ११ : २६ बजे