५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता पक्षीय गठबन्धनको सहमति



काठमाडौं ।
सत्ता पक्षीय गठबन्धनका नेताहरूबीच तत्कालै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त सहमति गरेको हो । गठबन्धनको आजको बैठकमा माधव नेपाल नगए पनि पनि उनीनिकट विजय पौडेल सहभागी भएका थिए ।

गठबन्धनका नेताहरूले यसबारेमा माधव नेपालसहितका नेताहरूसँग छलफल गर्ने भएका छन् । सरकार गठन भएको दुई साता पुगीसक्दा पनि देउवाले मन्त्रिपरिषद्‌लाई पूर्णता दिएका छैनन् । हाल एक राज्यमन्त्री तथा पाँच जना मन्त्री मात्र नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा रहेका नेताहरूले मन्त्रीको नाम दिएपछि मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन् ।

आजको बैठकमा राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  ११ : ४६ बजे