४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

साउन १६ बाट अर्घाखाँचीमा पूर्ण लकडाउनको घोषणा



अर्घाखाँची ।
अर्घाखाँचीमा साउन १६ गते राति १२ बजेदेखि लकडाउन गरिने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन हुने भएको छ ।

यहाँ दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण रुपमा लकडाउन गर्नका लागि जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

जिल्लामा अत्यावश्यक बाहेक यातायात, बैंक तथा वित्तिय संस्था लगायत अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द हुने निर्णय भएको छ ।

अत्यावश्यकका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको छ । जिल्लामा हाल पाँच सय १९ जना संक्रिय संक्रमित रहेका छन् । अर्घाखाँचीमा कोरोनाबाट हालसम्म ७२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ८ : १९ बजे