३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सिसिएमसी निर्देशक समितिको बैठक बस्दै



काठमाडौं ।

सिसीएमसी निर्देशक समितिको बैठक आज बस्ने भएको छ। शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक राखिएको छ। कोरोना संक्रमण फेरि बढ्दै गएको बेला सिसीएमसी निर्देशक समिति बैठक बस्न लागेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन्। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुन्छन्। प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज अपरान्ह ४ बजे सिंहदरबारमा समितिको बैठक बस्ने कार्यक्रम छ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ११ : ५० बजे