८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सम्पर्कमा आइन लुम्बिनीकी सांसद बिमला वली



बुटवल ।
लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक सुरेश काफ्लेले सासंद विमला कुमारी खत्री (वली) सम्पर्कमै रहेको बताए । खत्रीको घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको काफ्लेले बताए । सम्पर्कमा नरहेको भन्ने समाचारहरु आएपछि काफ्लेले खत्रीलाई फोन सम्पर्क गरेका थिए । फोन रिसिभ भईसकेपछि खत्रीले घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको र अवस्था सामान्य रहेको जानकारी गराएकी हुन् ।

केही समय पहिला लुम्बिनी प्रदेशमा जसपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको थियो । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा रहदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई निकै चासो दिइएको छ। नेकपाबाट दाङ क्षेत्र नंं ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ रहेको घोषणा गरेकी थिइन्।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  १ : ०७ बजे