८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्थायी कमिटी बैठकअघि विघटित कार्यदलका नेताबीच दुई एजेन्डामा छलफल



काठमाडौं ।

नेकपा एमालेका विघटित कार्यदलका सदस्यहरूको अनौपचारिक बैठक सकिएको छ। स्थायी कमिटी बैठकअघि उनीहरूबीच छलफल भएको थियो। कार्यदलले तयार गरेको १० बुँदे सहमतिको कार्यान्वयन र दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको एक सदस्यले बताए।

‘अबको एकताको आधार भनेको १० बुँदे सहमति कार्यान्वयन र दुई अध्यक्ष कायम राख्ने कुरा हो’, ती सदस्यले भने,‘त्यसमा जो मान्दैनन्, त्यसपछि अर्को तरिकाको उपाय निकालिन्छ।’

शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी थिए। यद्यपि आज बस्ने भनिएको बैठकमा नेपाल पक्ष भने सहभागी नहुने भएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  २ : ४० बजे