७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

रोजगारदातासंग अन्तरकृया कार्यक्रम सम्पन्न



कपिलवस्तु ।

रुपन्देहीमा संचालित फाउण्ड परियोजनाले जिल्लाका रोजगारदातासंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका स्थित अटल सिमेन्ट्स प्रा.लिमा आयोजित कार्यक्रममा रोजगारदाताहरुले अपांगता भएका व्यक्तिहरुलाई सीप र क्षमताका आधारमा रोजगारीको सम्भावना भएको बताएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद अली मियाँले उद्योग व्यवसायको क्षेत्रबाट स्थानीय स्तरमा धेरै रोजगारी सिर्जना हुने बताउदै अपांगता भएका समुदायको सवालमा आफूहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले उद्योगधन्दा कलकारखाना र विभिन्न व्यवसाय संचालन गरेका उद्योगी व्यवसायीहरुसंग समन्वय र सहकार्य गरी रोजगारको अवसर प्रदान गर्ने प्रतिवद्धता गर्नुभयो । केन्द्रिय सदस्य मियाँले संघको वैठकहरुमा अपांगता भएका व्यक्तिलाई अवसर सिर्जना गर्ने कुरामा मानवीयता प्रकट गरेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले फाउण्ड परियोजनासंग केन्द्रमा महासंघ, प्रदेश र जिल्लामा संघहरुसंग सहकार्य गरी रोजगारी सिर्जना गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले पनि अपांगता भएका व्यक्तिले पनि राम्रो काम गर्न सक्छन् भन्ने मर्मलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा परियोजनाका क्षेत्रीय प्रबन्धक रामदयाल यादवले फाउण्ड परियोजनाको बारेमा जानकारी गराउदै रोजगारदाताहरुलाई कार्यस्थल अपांगमैत्री बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । साथै उहाँले परियोजना अन्तरगत रोजगारी सिर्जना गर्ने, अपांगमैत्री बनाउने रोजगारदातालाई सम्मान गरिने पनि जानकारी दिनुभयो ।

कार्यक्रममा महाशक्ति सिमेन्ट्सका प्रतिनिधी केशब गड्तौला, जेपी सिमेन्ट्सका रबी ढकाल, भुगर्भ सिमेन्ट्सका राजाराम तिवारी, अटल सिमेन्ट्सका ओम प्रकाश राई, विजय स्टिलका आलक कुमार त्रिपाठी, शुभलक्ष्मी सिमेन्ट्सका सन्दीप पण्डित, अटल प्लाईउडका राधेश्याम, विजयकुमार श्रीवास्तव, सम्बृद्धि फुड प्रोडक्ट्सका अर्जुन खरेल, सेभेन स्टार ईटा उद्योगका कृष्ण सापकोटा, एसविआई इटा उद्योगका लक्ष्मण वेल्वासे र एनएसएस इटा उधोगका गुणनीधि भुसाल लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन परियोजनाका व्यवसाय विकास अधिक्रित रमेस पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  ३ : १४ बजे