मायादेवी अनलाइन, कपिलवस्तु ।
मायादेवी मिडिया ग्रुपको रणनीतिक योजना बैठक पोखरामा सम्पन्न भएको छ । पोखरा लेकसाइड स्थित माइ होटलमा सम्पन्न बैठकले मायादेवी मिडिया ग्रुपको विगतको योजनाको समीक्षा गर्दै आगामी पाँच वर्षे रणनीतिक योजना निर्माण गरेको छ । ग्रुपले स्थापनाको छोटो अवधिमै लुम्बिनी प्रदेशमा आफूलाई स्थापित गराउन सफल भएको निचोड निकाल्दै नयाँ प्रविधिलाई अंगाल्ने योजना बनाएको छ ।
पाठक तथा दर्शकहरूको रोजाइमा परेको मिडिया ग्रुपले युगानुकूल पत्रकारीताका नयाँ आयामहरूलाई जोडदै लैजाने निचोड निकालेको छ । संस्थाले पाँचवर्षे रणनीतिक योजनामा शेयर सदस्य विस्तार गर्ने, प्रदेश राजधानीमा शाखा कार्यालय विस्तार गर्ने, पत्रकारको क्षमता अभिवृद्धि गर्ने, थप प्रविधिमा जोड दिने लगायतका योजना रहेको ग्रुपका अध्यक्ष हरि अधिकारीले जानकारी दिनुभयो । संस्थाका सचिव सूर्य चुदालीको सञ्चालनमा सम्पन्न बैठकमा खोज तथा विकास पत्रकारीतालाई प्राथमिकता दिँदै अगाडि बढने मायादेवी अनलाइन डट कमका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेले बताउनुभयो ।
मायादेवी अनलाइनका सम्पादक दिपक अनुरागीले अनलाइन सञ्चारमाध्यममा विकृति मौलाएको भन्दै विश्वसनीय समाचार प्रकाशनमा जोड दिनुभयो । ग्रुपका सल्लाहकार तथा बरिस्ठ पत्रकार बाबुराम रायमाझीले अरू सञ्चार माध्यम भन्दा पृथक बनाउनुपर्ने भन्दै संस्थागत विकासमा जोड दिनुभयो । बैठकमा बरिस्ठ प्राविधिक विमल गैरेले अबको न्यू मिडियाले नै समाजको अपेक्षा पूरा गर्ने बताउनुभयो । ग्रुपले सञ्चालकहरूको क्षमता अभिवृद्धि गर्न आन्तरिक पर्यटन र अध्ययन अवलोकनलाई निरन्तरता दिने जनाएको छ ।







प्रतिक्रिया