१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सरकारले एमालेसँगको रिस भूमिहीन र सुकुमबासीमाथि पोख्योः मुख्यमन्त्री पोखरेल



दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु लाचारीपन भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी भएको टिप्पणी गरेका छन्। साथै, गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन सरकारलाई दबाब सिर्जना गर्न समेत मुख्यमन्त्री पोखरेलले आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८ बुधबार ००:००  ६ : ३७ बजे