३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



काठमाण्डौँ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ।वुद्धनगरमा आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।

बिहीबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो।बिहीबार केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओली सच्चिन तयार नभए पार्टी एकता नहुने बताएका थिए।

‘हामी धेरै अघि बढिसकेका छौं। ओलीले गल्ती सच्याएर आउँछन् भने एकता हुन्छ नत्र हुन्न,’ नेता नेपालले भनेका थिए। पार्टी एकतालगायत विषयमा छलफल गर्न आज पनि केन्द्रीय कमिटी बैठक राखिएको छ।

अध्यक्ष ओली पक्षले एमालेको नाममा कुनै पनि बैठक नभएकोले सहभागी नहुन भन्दै विज्ञप्ति निकाले पनि नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरूले बैठकलाई जारी राखेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०७८ शुक्रबार ००:००  १० : ३७ बजे