२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सत्ता गठबन्धन कार्यदलले बुझायो प्रतिवेदन



काठमाडौं ।
सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ।

कांग्रेस, माओवादी र जसपाका नेताहरू सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरू निर्धारण गरेको हो। कार्यदलका सदस्यले तयार पारेको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ।

कार्यदलको प्रतिवेदनमा सरकारका योजना, काम र प्राथमिकताका विषय समेटिएको कार्यदलका सदस्यको दाबी छ। गठबन्धनमा आबद्ध पार्टीका नेता, अर्थविद्, कानुनविदलगायतको सुझाव समेटेर प्रतिवेदन तयार पारिएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए।

कांग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शुक्रवार बालुवाटारमा शीर्ष नेताहरूलाई बुझाएको हो। सो कार्यदलमा डाक्टर मिनेन्द्र रिजाल, रमेश लेखक, देव गुरुङ, वर्षमान पुन, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव सदस्य थिए।

प्रकाशित मिति : २२ श्रावण २०७८ शुक्रबार ००:००  १२ : ३३ बजे