काठमाडौँ ।
दुई दिनदेखि जारी नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेता मेटमणि चौधरीले सरकारमा सहभागी हुनुपर्ने र वृहत् कम्युनिस्ट पार्टी गठन गर्नुपर्ने बताएका छन् ।
बैठकमा बोल्दै नेता चौधरीले स्थिरताको लागि सरकारमा जानुपर्ने र एमालेमै रहने भए ओलीलाई हटाउन सक्नुपर्ने नभए वृहत् कम्युनिस्ट पार्टी निर्माण गरेर अघि बढ्नु नै विकल्प रहेको सुझाएका हुन् ।
त्यस्तै चौधरीले टुटिसकेको जनविश्वासलाई पुनः कम्युनिस्ट आन्दोलनसँग जोड्दै वृहत् कम्युनिस्ट एकताको माध्यमबाटमात्रै पुनः नेपालीको विश्वासमा जित्न सकिने बताएका छन् । कम्युनिस्ट एकता भए नेपालको सबैभन्दा ठूलो पार्टीको रूपमा पुनःस्थापित हुने पनि चौधरीले दाबी गरे ।
उनले ओलीसँग एकता गरे के यो एकताले दुईपटक गरिएको प्रतिनिधि सभा बिघटनको विषयलाई लिएर प्रमाणित गर्न सक्छौरु ओलीलाई देखाएर या राखेर जनताका बिचमा मत माग्नको लागि नैतिक हक राख्न सक्छौ ? के हामी संसदीय निर्वाचनमा हाम्रा उम्मेदवारहरूलाई जिताएर जनताका बिचमा स्थापित गर्न सक्छौरु भन्दै बैठकमा प्रश्न समेत गरेका छन् । उनले नेकपा एमालेकोबीचमा एकता गरेर कम्युनिस्ट आन्दोलन नजोगिने बताए ।
त्यस्तै चौधरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सांसद अपहरणमा संलग्न रहेको भन्दै मुख्यमन्त्री विरुद्ध सांसद शरीर बन्धक बनाउने अन्तर्गतको मुद्दा चलाई कार्बाही गर्नुपर्ने माग राखेका छन् । साथै, चौधरीले ओलीले एकता गर्न नचाहको भन्दै २४ गतेसम्म नेपाल पक्षले प्रयास गर्नुपर्ने बताए ।







प्रतिक्रिया