२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

विश्व आदिवासी दिवस मनाइँदै, प्रधानमन्त्री देउवाद्वारा शुभकामना



काठमाण्डौ ।

आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ ।

सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान भन्ने नारासहित तय गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गर्नुभएको छ ।

नेपालले सन् २००७ सेप्टेम्बर १३ तारिखमा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र त्यसअनुसार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ८ : ५० बजे