७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सरकारलाई भूमि आयोग विघटनको कारण देखाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश



काठमाडौं ।
सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको कारण पेश गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार भूमि आयोग विघटन गर्नुपर्ने कारण पेश गर्न भन्दै सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो। सरकारले गत मंगलबार भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो। यो निर्णयविरूद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा निवेदन दिएका थिए।

मुद्दाका दुबै पक्षको छलफलपछि यो मुद्दाको निष्कर्षमा पुगिने भएकाले भूमि आयोग विघटनको सुनुवाइ लम्बिने देखिएको छ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  २ : २७ बजे