२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत



बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । पोखरेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् ।

१९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका थिए । पोखरेलको राजीनामासँगै प्रदेशसभामा टेबल भइसकेको अविश्वासको प्रस्ताव अगाडि बढेन ।

प्रकाशित मिति : २७ श्रावण २०७८ बुधबार ००:००  ३ : ५३ बजे