२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

देउवाको निवास अगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन




काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
१४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै ’सबल कांग्रेसका लागि हाम्रो अभियान’मा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन् । पार्टीका सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएका हुन् ।
उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ । आज सभापति देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक छ ।
बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन् । देउवा निवास बाहिर कांग्रेस नेताहरूले महाधिवेशन सुनिश्चित गरौंजस्ता लेखिएका प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन् ।
समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन प्रदर्शन गरिएको नेता रञ्जित कर्णले जानकारी दिए। समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन् ।
विधानअनुसार देउवाको कार्यकाल भदौ २३ मा सकिँदैछ। आज देउवा निवासमा बस्ने बैठकले महाधिवेशन सार्ने तयारी गरेकोमा पनि उनीहरूले विरोध गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८ बिहिबार ००:००  २ : ५२ बजे