२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

थपिए ३ हजार ९ सय १५ नयाँ संक्रमित, २७ को ज्यान गुम्यो



काठमाडौँ ।

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ। देशभर हालसम्म ३८ हजार ७९८ जना सक्रिय संक्रमित छन्। बिहीबार २ हजार ११८ जना संक्रमणमुक्त भएका छन्। गत चौबीस घन्टामा ११ हजार ७०८ पीसीआर तथा ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७८ शुक्रबार ००:००  ५ : ०६ बजे