२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

पार्टी फुटाउने षड्यन्त्र मान्य नहुने भन्दै ओलीद्धारा एकताको आह्वान



काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार संसद अधिवेशन अन्त्य भएसँगै एमालेको माधव नेपाल पक्षलाई अलग्याउने गरी पार्टी फोड्न अध्यादेश ल्याउने तयारी भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ बुँदे वक्तव्य जारी गर्दै पार्टी फुटाउने षड्यन्त्र मान्य र क्षम्य नहुने बताएका छन्।

सोमबार राति वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले प्रतिबद्धताविपरीत संसद अधिवेशन हठात अन्त्य गर्ने र अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न खोजेको भन्दै आपत्तिसमेत प्रकट गरेका छन्। उनले पार्टी विभाजनका प्रयासबिरुद्ध उभिन पार्टीभित्रका सबैसँग अनुरोध पनि गरेका छन्।

एमाले अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक र संसदीय दलको बैठक पनि बोलाएका छन्। उनले विधान संशोधनका लागि सबैलाई सुझाव पठाउन आग्रह गरिएको उल्लेख गर्दै राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा पार्टीलाई पुनर्स्थापित गर्न आग्रह पनि गरेका छन्।

प्रकाशित मिति : १ भदौ २०७८ मंगलबार ००:००  ६ : ०८ बजे