२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

माधव नेपाल पक्ष एमाले बैठकमा नजाने



काठमाडौं ।
आजका लागि बोलाइएको नेकपा (एमाले) को स्थायी कमिटी तथा संसदीय दलको बैठकमा माधवकुमार नेपालपक्ष सहभागी नहुने भएको छ।
नेपाल पक्षका नेता युवराज ज्ञवालीले मंगलबारका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दुवै बैठकमा सहभागी नहुने बताए।

स्थायी कमिटी बैठकमा अनिवार्य उपस्थित हुन भन्दै म्यासेज भने आएको उनको भनाइ छ। ‘हामी बैठकमा उपस्थित हुदैनौं,’ उनले भने, ‘पार्टीमा कुनै सहमति नगरी बैठकमा उपस्थित हुने भन्ने कुरा हुँदैन, बैठकमा जादैनौं।’

आजको बैठकमा ओलीपक्षबाट हुने गतिविधि हेरेर थप निर्णय गरिने उनको भनाइ छ।

प्रकाशित मिति : १ भदौ २०७८ मंगलबार ००:००  १० : २२ बजे